Comments Add Comment

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

१८ असार, काठमाडौं । कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  शुद्धोधन गाउँपालिका-१ सोहसाका ३४ वर्षीय दामोदर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

दामोदरले बालिकाको घरमा कोही नभएको अवस्थामा चर्पीमा लगेर बलात्कार गरेको  सूचनाका आधारमा प्रहरी चौकी बगदी र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै, झापाको कचनकवल गाउँपालिकामा पनि बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कचनकवल गाउँपालिका-७ कुमालगाउँका ३० वर्षीय विकास राईलाई प्रहरीले पक्राउ गरेको हो ।

युवती बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीको टोलीले राईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment