+
+
Shares

नेपाल रेडक्रस र कोकाकोला नेपालबीच कोभिड-१९विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १५:२८

१८ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका-कोलाबीच कोरोना महामारी विरुद्ध सहयोग तथा सुरक्षा अभिवृद्धिका लागि समझदारी भएको छ। बुधबार कोभिड–१९ को महामारीमा खटिएका स्वास्थ्यकर्मीका तथा स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी भएको हो।

उक्त साझेदारमा सातै प्रदेश प्रमुखसार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ।

स्वास्थ्यतथा जनसंख्यामन्त्रालय परिसरमा मन्त्रीभानुभक्त ढकाल, कोका-कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुको उपस्थितिमा सुरु गरीएको हो।

कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रकामानिसहरु तथा समुदायका सदस्यहरु सहित करिब ६० हजारलाई सेवा पुर्‍याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

पहिलो चरणको सुरक्षासामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन्।

पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकल मास्क, के–९५ माक्स एक हजार एक सय पचास थान, ५५० थानहुडको साथ डिस्पोजेबल कभर्अल, शुरक्षा चस्मा ३०० वटा, दशहजार जोडी पञ्जा, ४४० थान सुरक्षा बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४५० र १५ हजार एक सय अठार थान साबुन रहेको कम्पनीले जनाएको छ।

मन्त्री ढकालले यो कठिन समयमा सबैको सहयोग आवश्यक छ र प्राप्त सबै सामग्रीहरु पारदर्शी रुपमा रेकर्ड गर्नुका साथै यसको उचित वितरण गरिने बताए।
शुक्रराज अस्पतालका टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले यो सामग्रीले डाक्टर, नर्स लगायत अग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?