Comments Add Comment

ग्राभेल नगरेपछि सडकमै धान रोपेर विरोध

१८ असार, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ को पर्सा गाउँका स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् ।

सडक ग्राभेलका लागि बजेट विनियोजन भएको र गत फागुनमै उपभोक्ता समितिसमेत गठन भए पनि काम नभएपछि उनीहरुले हिलाम्य सडकैमै धान रोपेर विरोध गरेका हुन् ।

करिब सय घरधरी रहेको गाउँमा पुग्न निर्माण गरिएको सडकको स्तरोन्नती (ग्राभेल) गर्न नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर हालसम्म काम सुरु नै भएको छैन ।

सडक हिलाम्य भएर पैदलसमेत हिँड्नै नमिल्ने भएपछि नगरपालिकालाई दबाब दिने ५० जना स्थानीय जम्मा भएर सडकमै धान रोपेर विरोध गरेको जब्बार खानले बताए ।

नगरपालिकाका मेयर र वडाध्यक्षलाई सडक छिटो बनाउनुपर्छ वर्षायाममा हिँड्न सकिन्न भनेर धेरैपटक भने पनि वास्तै नगरेको उनको भनाइ छ ।

जिम्मेवार निकायले बेवास्ता गर्दा काम सुरु नभई बजेट फ्रिज हुने अवस्था आएको अर्का स्थानीय मनोज जैसवालले बताए । ‘मेयर,वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्ष सबै गैरजिम्मेवार भए,’ जैसवालले भने ।

वडाध्यक्ष नैनुल्ला खानले कोरोना महामारीको जोखिमका कारण गरिएको लकडाउन लम्बिदै गएकाले उपभोक्ता समितिले काम गर्न नपाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment