+
+
Shares

घरको पर्खाल भत्किँदा एक जना बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १७:२१

१८ असार, काठमाडौं । सप्तरीमा घरको पर्खालले च्यापिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–१ बस्ने राजकुमार मण्डलको १० वर्षीय छोरा शिवकुमार मण्डल रहेका छन् ।

नगरपालिकाको रोलरले निर्माणाधिन बाटो सम्याउने क्रममा रोलरको कम्पनले बाटो छेउमै रहेको बाबुलाल झाको घरको ईंट्टाको पर्खाल भत्किँदा पर्खालले च्यापिएर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोलर चालक हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?