Comments Add Comment

जब दुई मोटरसाइकल एकआपसमा ठोक्किए…

२० असार, पोखरा । पोखरा नयाँ बजारमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा आगलागी भएर पूर्णरुपमा क्षति पुगेको छ ।

शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा नयाँबजारस्थित बृहस्पति आयल स्टोर नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।‘मोटरसाइकललाई क्षति पुगेको छ, तर त्यहाँ सवार ४ जनाको हातमा सामान्य चोटबाहेक ठूलो दुर्घटना हुन पाएन,’ उनले भने ।

प्रत्यक्षदर्शीका अनुसार महेन्द्रपुलबाट पृथ्वीचोक जाने क्रममा पोखरा २७ रिठेपानीका २५ वर्षे इच्छा गुरुङले चलाएको ग १६ प ४४४१ र सुरेन्द्र सुनारले चलाएको ३८६१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनापछि दुबै मोटरसाइकलमा आगो लागेको थियो । पोखरा महानगरपालिकाको दमकल दुर्घटनाबाट जलेको मोटरसाइकलको आगो निभाउन प्रयोग गरिएको थियो तर, दुवै मोटरसाइकल पूर्ण रुपमा जलेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment