प्रतीकात्मक तस्वीर
२१ असार, काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् ।
महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल सञ्चालन गर्छिन् ।
शनिबार सँगै बसेर मदिरा सेवन गरेपछि नसालु पदार्थ समेत दिएर दुई जनाले आफूमाथि करणी गरेको पीडित महिलाको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4