+
+
Shares

भारतीयलाई नागरिकता बनाइदिएको घटनामा फरार अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १७:०६

२१ असार, झापा । झुठो विवरण पेश गरेर विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोग लागेका एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

झापाका एसपी कृष्ण कोइरालाका अनुसार १० मंसिर २०७२ मा झुठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको कसुरमा जिल्ला अदालत, झापाले आचार्यविरुद्ध वारेन्ट जारी गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि आइतबार अदालतमा हाजिर गराइएको कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?