Comments Add Comment

खेलाडीले फेसबुकबाटै सम्झिए गुरु

२१ असार, काठमाडौं । आज गुरुपूर्णिमा । आफूलाई असल बाटो देखाउने वा मार्गदर्शन दिने व्यक्तिलाई सम्झने दिन हो । धेरैले सम्भव भएसम्म आफ्ना गुरुलाई भेटेरै गुरु पूर्णिमा मनाउँछन् । भेट सम्भव नभएर फोन र सन्देशबाट पनि धेरैले यसलाई मनाउने गर्छन् ।

तर यसपटक कोरोना महामारीका कारण परिस्थिति फरक भएकाले विगतमा वर्षजस्तो भेटेरै गुरुलाई सम्मान व्यक्त गर्न कठिन छ । धेरैले सामाजिक सञ्जालबाटै गुरुलाई सम्झिए र यो दिन मनाए ।

खेलाडी प्रशिक्षकहरुले पनि सामाजिक सञ्जालबाटै गुरुहरुलाई सम्झिएर गुरु पूर्णिमा मनाएका छन् ।

गुरुसँगको भेट सम्झना अनि सँगै खिचिएका फोटो पोष्ट गरेर केही खेलाडीले गुरुलाई सम्झिए । कतिले गुरु पूर्णिमाको सन्देश दिए । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसका कारणले यस पटक सबैले आफ्ना गुरुलाई भेट्न नसकेका हुन् ।

राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले फेसबुकमा सन्देश लेखेर नै सबै गुरुहरुलाई सम्झिए । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले पनि त्यसै गरिन् ।

यस्तै ओलम्पियन तथा तेक्ववान्दो प्रशिक्षक दीपक विष्ट, जुडो प्रशिक्षक देवु थापा, सागमा करातेबाट दुई स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले पनि सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै गुरुलाई सम्झिए ।

करातेकै नवीन रसाइली, दुवाथलनमा लक्ष्मण मल्ललगायतले पनि फेसबुकमै फोटो सन्देश पोष्ट गर्दै आफूलाई मार्ग निर्देशन गर्ने गुरुलाई सम्झिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment