+
+

हेलिकप्टरबाट नासिक पुगेपछि अक्षय विवादमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १२:१४

भारतमा अहिले लकडाउन चलिरहेको छ । लकडाउनका कारण बलिउडकर्मीहरूले काम सुरु गर्न पाएका छैनन् । तर यही बीचमा बलिउड नायक अक्षय कुमार हेलिकप्टरको माध्यमबाट नासिक पुगेपछि विवादमा तानिए।

अक्षय हेलिकप्टरबाट नासिक पुगेको खबर सार्वजनिक भएसँगै उनले लकडाउन उल्लङ्घन गरेको भन्दै आलोचना भयो । तर अक्षयको टिमले नासिक जानका लागि अनुमति लिइएको भन्दै स्पष्टीकरण दिएको छ।

अक्षय आफ्ना डाक्टरलाई भेट्न नासिक पुगेको र उनले सबै प्रकारको अनुमति लिएको खबर सार्वजनिक भयो । महाराष्ट्र सरकारका एक मन्त्रीले यो विषयमा प्रश्न उठाएपछि अक्षय विवादमा तानिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?