Comments Add Comment

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

आज १७ जनामा कोरोना संक्रमण

१९ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो।

लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ११३ पुगेको छ । जसमध्ये ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरामा उपचारका क्रममा स्याङ्जाका २ जना, गोरखाका एकजना र आइतबार बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

प्रदेशभरि कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनको संख्या २९७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment