+
+
Shares

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

अच्युत पुरी अच्युत पुरी
२०७७ असार २२ गते १८:१५

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।

वायुसेवा निगमले ‘उद्धार उडान’का क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाएको थियो । क्याविन क्रु मेम्बरहरूलाई सोल्टी होटलमा अलगै राखेको थियो ।

तर होटल बसाइका क्रममा कतिपय एकैठाउँमा भेला भएर बस्ने गरेको होटल स्रोतले बताएको छ।

संक्रमितहरूलाई सोल्टी होटलमा नै आइसोलेट गरिनेछ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?