२२ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सिलवाल पदमुक्त भएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ ।
ढकाल एक महिनाअघि मात्रै खेलकुद मन्त्रालयमा आएका हुन् । उनले नयाँ सदस्य सचिव नियुक्त नहुँदासम्म कार्यभार सम्हाल्ने ेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले बताए ।
प्रतिक्रिया 4