Comments Add Comment

पब्जीको लत : किशोरले रित्याइदिए बाउआमाको २७ लाख रुपैयाँ

पब्जी मोबाइल गेमको क्रेज कतिपय मानिसमा यतिधेरै हुँदो रहेछ कि लाखौँ खर्च गरेको पनि होस हुँदैन ।

भारतको पन्जाबमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए ।

समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि उनले १६ लाख भारु खर्च गरे ।

१७ वर्षका ती किशोरसँग आफ्ना बाउआमाका विभिन्न ३ वटा मोबाइल अकाउन्टमा पहुँच थियो । पब्जी मोबाइलमा लम्पट बनेका उनले एपमै पैसा खर्चका लागि तिनैवटा अकाउन्टको प्रयोग गरे ।

ती किशोर मोबाइलमा निकै भुलेको देख्दा बाउआमालाई शंका लाग्दथ्यो । तर उनले चाहीँ आफुले पढ्नका लागि भन्दै घण्टौँसम्म मोबाइल चलाइरहन्थे र पब्जी खेल्दथे । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड खरीद गरिदिन्थे ।

जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास नउड्ने कुरै भएन । त्यसपछि सोधखोज गर्दा आफ्नै छोराले मोबाइलमा गेम खेल्दा त्यो रकम खर्च गरेको पत्ता लाग्यो ।

ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृत्य गरिरहेको पत्तो थिएन ।

पब्जीमा उडाएको लाखौँ रुपैयाँ उहीँ छोराको भविष्य तथा औषधि उपचारका लागि म्मा गरेको ती किशोरका बाबुले बताएका छन् । ती किशोरका बुवा सरकारी जागिरे हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment