Comments Add Comment

सेभिया १-० ले विजयी

२३ असार, काठमाडौं । लुकास ओकम्पासले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा सेभियाले स्पानिस ला लिगामा जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सेभियाले बइबरलाई १-० ले पराजित गरेको हो ।

सेभियाका लागि ५८औं मिनेटमा ओकम्पासले जेसस नाभसको पासमा गोल गरेका थिए ।

जितपछि सेभियाले शीर्ष चारमा पकड बनाएको छ र अर्को सिजन च्याम्पियन लिग खेल्ने सम्भावनालाई बलियो बनाउँदै छ । ३४ खेलबाट सेभियाको ६० अंक छ ।

तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ६२ अंक छ । सेभियालाई पछ्याइरहेको भियारियालको समान खेलकाट ५४ अंक छ । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा शीर्ष चारमा पर्न क्लबहरुबीच प्रतिस्पर्धा छ ।

यस्ते लिगकै अर्को खेलमा रियल सोसिडाडले लेभान्टेसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । शीर्च चारको होडबाट केही पछि रहेको सोसिडाड ५१ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment