+
+

चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते ८:५७

२३ असार, काठमाडौं । कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् ।

ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए ।

यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेको भन्दै उनलाई घरमै नजरबन्द गरिएको थियो । अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा पूरै तयार थिए । उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’

प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?