Comments Add Comment

ओली र प्रचण्डबीच झण्डै ३ घण्टा छलफल

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो ।

यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् ।

‘अध्यक्षबीचको छलफल भोलि पनि जारी रहने छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो,‘र, भोलि दिउँसो ११ बजे स्थायी कमिटीको बैठक गर्न दुवै अध्यक्ष सहमत भएका छन् ।’

प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए । लगातार भेटवार्ता भए पनि सहमति हुन सकेको छैन ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएका छन् । विवाद समाधानका लागि २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment