+
+

सेयर ब्रोकरको चुक्ता पुँजी ५ गुणाले बढाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १६:०८

२३ असार, काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी बढाउन संसदीय उपसमितिले सिफारिस गरेको छ । पुँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न गठिन प्रतिनिधिसभाको अर्थ समितिले गठन गरेको उपसमितिले चुक्ता पुँजी १० करोड पुर्याउन सिफारिस गरेको हो ।

हाल ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । उपसमितिले ५ गुणा बढाएर १० करोड पुर्‍याउन उपसमितिले सिफारिस गरेको छ ।

यसका लागि उपसमितिले समयसीमा समेत तोकेको छ । सांसद रामकुमारी झाक्री संयोजकत्वको उपसमितिले २०७९ असार मसान्तसम्म १० करोड पुँजी पुर्‍याउन सिफारिस गरेको छ ।

ब्रोकर कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गर्नसमेत उपसमितिले सिफारिस गरेको छ । ब्रोकर कम्पनीहरु एकआपसमा गाभिन चाहेमा निश्चित अवधिको कर सहुलियत दिई गाभिन प्रोत्साहन गर्न उपसमितिले भनेको छ ।

ब्रेाकर कम्पनीहरुलाई प्रदेश तथा स्थानीय तहहरुमा शाखा विस्तार गरी सेवा प्रवाह गर्न पनि प्रोत्साहन गर्नुपर्ने उपसमितिले बताएको छ । पुँजीको सीमा, शर्त र मापदण्ड तोकी रिटेल मार्केट डिलर लिन चाहने ब्रोकर कम्पनीलाई अनुमति प्रदान गर्न पनि समितिले सिफारिस गरेको छ ।

यसैगरी निकै पेचिलो बनेको बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय पनि उपसमितिले बोलेको छ । उपसमितिले केहि शर्तसहित बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिदा एकातर्फ पुँजी बजार सम्बन्धी साक्षरताको विकास हुने, माग सिर्जना भइ सकारात्मक प्रभाव पार्ने तथा अर्कोतर्फ भित्री सूचनाका आधारमा कारोबार हुनसक्ने खतरा समेत रहेको भन्दै उपसमितिले शर्तसहित अनुमति दिन सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?