Comments Add Comment

लकडाउनमा शुल्क लिने विद्यालयमा विप्लव समूहको कालो ब्यानर

२३ असार, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले लकडाउनको समयमा शुल्क लिने विद्यालयहरुमा कालो ब्यानर टाँगेको छ ।

उक्त संगठनले रुपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाहरुका निजी विद्यालयहरुमा शुल्क असुलीको विरोधमा कालो ब्यानर टांगेको जनाएको छ ।

रुपन्देहीको तिलोत्तमाका प्यारामाउन्ट बोर्डिङ स्कुल र बुटवल पब्लिक स्कूल, कपिलवस्तुको शिवगडी बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कूल, आदर्श बोर्डिङ स्कूलमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार कालो ब्यानर टाँगेको अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोका संयोजक वीरेन्द्र विकले बताए ।

त्यसैगरी अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपुर, नवलपरासीका विभिन्न स्कुलहरुमा पनि कालो ब्यानर टाँगिएको उनले बताए । अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले शुल्क असुली विरुद्ध चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको थियो ।

लकडाउनको समयमा अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकलाई पत्र दिएर शुल्क तिर्न निजी विद्यालयहरुले मानसिक दवाब दिएर शुल्क असुली गरेको भन्दै संगठनले शुल्क असुली नरोकिए प्रतिरोधात्मक संघर्ष गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment