Comments Add Comment

माटो ब्रान्डले बजारमा ल्यायो गुणस्तरीय स्यानिटाइजर

२३ असार, काठमाडौं । गोल्यान समूहको माटो ब्रान्डले हृयान्ड स्यानिटाइजर बजारमा ल्याएको छ । फलफूल, तरकारी, मह लगायतका कृषिजन्य उत्पादनहरुको ब्रान्ड माटोले कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुग्ने भन्दै हृयान्ड स्यानिटाइजरको समेत उत्पादन गरेको बताएको छ ।

समूहकी निर्देशक ललिता गोल्यानले गुणस्तरीय स्यानिटाइजर उत्पादन गरेर बजारमा ल्याइएकेा जानकारी दिइन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गरेर माटो ब्रान्डको स्यानिटाइजर बजार पठाइएको उनले बताइन् ।

उनका अनुसार स्यानिटाइजरमा नेपाली जडिबुटीहरु प्रयोग गरिएको छ । छालाका लागि पनि साधारण स्यानिटाइजर भन्दा माटो ब्रान्डको स्यानिटाइजर उपयुक्त हुने उनले बताइन् ।

बजारमा पाइने अन्य स्यानिटाइजरको तुलनामा मूल्य समेत कम भएका कारण सबैको रोजाईमा पर्ने माटो ब्राण्डको दावी छ । स्प्रेसहितको बट्टामा उपलब्ध हुने हृयान्ड स्यानिटाइजरको मूल्इ ११५ रुपैसाँ तोकिएको छ ।

उत्पादनमुलक उद्योगहरु, बैंक तथा वित्तीय संस्था, जलविद्युत लगायतमा लगानी गरिरहेको गोल्यान समूहले अर्गानिक फलफूल तथा तरकारीहरुको बिक्री वितरणका लागि ‘माटो’ ब्राण्ड स्थापना गरेको थियो ।

तरकारी उत्पादन गरेर पनि बजार नपाउने कृषकको समस्या सम्वोधन गर्न गोल्यान एग्रो फार्मको स्थापना गरेको थियो । गोल्यान एग्रोले नै माटो ब्राण्डको स्थापना गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुग्ने भन्दै माटो ब्रान्डको हृयान्ड स्यानिटाइजरउत्पादन गरिएको समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment