+
+
Shares

सरिता गिरीमाथिको कारवाही फिर्ता हुनुपर्छः मोहना अन्सारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १५:५३

२३ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेकी छन् । संसदीय दलको हि्वप उल्लंघन गरेको भन्दैसमाजवादी पार्टीले गरेको कारवाही खेदजनक रहेको अन्सारीको भनाइ छ ।

‘मा. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निश्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ’ अन्सारीले टि्वटरमा लेखेकी छन्, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’

संविधान संशोधन विधेयकमा मतदान हुँदा पार्टी हि्वप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निश्काशन गर्ने निर्णय गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी गिरीलाई पार्टीले पदबाट हटाउने निर्णय समेत गरेको छ ।

लिम्पियाधुरा सहितको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको मतदान गिरीले बहिस्कार गरेकी थिइन् । उनले पार्टी विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?