Comments Add Comment

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

२४ असार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरूसँगको छलफल भएको थियो ।

ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरू बढेकोलगायतका गुनासो राखेका थिए । उनीहरूले बैङ्कको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment