Comments Add Comment

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

२४ असार, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएको भन्दै तत्काल मूल्य वृद्धि खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ ।

संघका अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा गएको टोलीले बुधबार नेपाल आयल निगम पुगी नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र राज पौडेललाई ज्ञापन पत्र बुझाइएको संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

लकडाउनको ३ महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ मूल्यवृद्धि गर्नु गलत भएको नेविसंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ  ।

नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment