Comments Add Comment

युथ लिग आयोजना गर्न एन्फाद्वारा स्कुलहरुसँग अन्तरक्रिया

२५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) युथ लिग आयोजनाका लागि विभिन्न स्कुलहरुसँग अन्तरक्रिया गरेको छ । युथ लिग आयोजना गर्न एन्फाले बुधबार काठमाडौं उपत्यकाका १३ स्कुललाई बोलाएर अन्तरक्रिया गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त छलफलमा ए डिभिजन लिग क्लबहरुसँग सहकार्य गरेर युथ लिग आयोजना गर्नेबारे छलफल भएको थियो ।

छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, युथ डेभलपमेन्ट कमिटिका प्रमुख उपेन्द्र मान सिंह र इलाइट युथका प्रमुख नविन महर्जनले युथ लिगको योजना र ढाँचाबारे जानकारी गराएका थिए ।

लिटिल एन्जल्स स्कुल, बुढानीलकण्ड स्कुल, जेम्स, ज्ञानोदय बाल बाटिका, नेपाल पुलिस स्कुल, सैनिक आवासीय महाविद्यालय, नेपाल एपीएफ स्कुल, ल्याब्रोटरी स्कुल, मोडर्न इन्डियन स्कुल, सेन्ट जेभियर्स स्कुल, एसओएस, मल्पी स्कुल र शुभतारा स्कुल छलफल सहभागी थिए ।

एन्फाले  उमेर समूहको यू १४ र यू१८ प्रतियोगिता पनि भविष्यमा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment