Comments Add Comment

क्यानडाले स्थितिलाई अमेरिकाभन्दा निकै राम्रोसँग सम्हाल्यो : ट्रुडो

२५ असार, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कोरोना भाइरसको महामारीलाई क्यानडाले अन्य मुलुकको तुलनामा निकै राम्रोसँग नियन्त्रणको प्रयास गरेको बताएका छन् । उनका अनुसार यो कठिन अवस्थामा अन्य मुलुकका साथै अमेरिकाभन्दा पनि राम्रोसँग कोरोना भाइरस नियन्त्रणको प्रयास गरेको बताएका छन् ।

सामाचार संस्था रोयटर्सका अनुसार ट्रुडोको यो अभिव्यक्ति आफैंमा पनि महत्वपूर्ण मानिएको छ । किनकि ट्रुडोले निकै कम मात्र अमेरिकालक्षित अभिव्यक्ति दिने गरेका छन् ।

क्यानडाको जनसंख्या अमेरिकाको जनसंख्याको १० भागको एक भाग बराबर छ । अहिलेसम्म क्यानडामा आठ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भइसकेको छ ।

साथै करिब एक लाख ६ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । प्रधानमन्त्री ट्रुडोले पछिल्लो समय कोरोना भाइरसको महामारीको परिस्थिति बिस्तारै सन्तुलित बन्दै गएको बताएका छन् । क्यानडाका केही स्थान अझै पनि हटस्पटको रुपमा रहेका छन् ।

अमेरिकामा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघिसकेको छ र मृत्यु हुनेको संख्या पनि एक लाख ३० हजार नाघिसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment