Comments Add Comment

ठोरीमा जङ्गली हात्तीको उपद्रो, दुई घरमा क्षति

२५ असार, काठमाडौं । पर्साको ठोरीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यरातमा गाउँ छिरेको हात्तीले ठोरी गाउँपालिका–३ शिकारीबास क्षेत्रमा आतंक मच्चाएको हो ।

हात्तीले बुधबार राति स्थानीय शम्भु चौधरी र पल्टन चौधरीको घर भत्काउनुका साथै खाना पकाउने भाँडाकुँडा कुल्चिएर क्षति गरेको स्थानीय राजेन्द्र चौधरीले जानकारी दिए । हात्तीले घरमा भण्डारण गरी राखेको करिब ५ क्विन्टल धान खाएर नष्ट पारेको पीडित शम्भु चौधरीले बताए ।

रातपरेछि जङ्गली हात्ती गाउँमा आउने गरेकाले शिकारीबास बस्ती नै आतंकित बनेको उनले बताए । रोप्नका लागि तयारी अवस्थामा रहेको धानको बिउ समेत कुल्चिएर नष्ट गरेको चौधरीले गुनासो गरे । सुतिरहेको अवस्थामा जङ्गली हात्तीले एक्कासी घर भत्काउन थालेपछि पीडितहरुले भागेर ज्यान जोगाउन सफल भएको चौधरीले बताए ।

शिकारीबास क्षेत्रमा केही साता अघिदेखि नै दैनिक जङ्गली हात्ती प्रवेश गरेर बालीनाली नष्ट गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment