Comments Add Comment

पार्टीको किचलो भुलौं, विपतको बेला नयाँ सिराबाट काम गरौं : प्रभाकर

२६ असार, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताएका छन् ।

पार्टीभित्रको पछिल्लो विवाद समाधानको प्रयासमा शीर्ष नेताहरुसँग वार्तामा बस्ने गरेका नेता शर्माले शुक्रबारको स्थायी कमिटी बैठकअघि सो कुरा बताएका हुन् ।

प्रचण्ड निकट नेता शर्माले ट्वीटरमा लेखेका छन्, ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थालौं ।’

प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद बढेको छ । विवाद समाधानको प्रयासमा स्थायी कमिटी बैठक पटक–पटक स्थगित गरेर शीर्ष नेताहरु छलफलमा जुटेका छन् । यद्यपि ठोस सहमति भइसकेको छैन । यही अवस्थामा शुक्रबार नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ ।

कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment