Comments Add Comment

युनाइटेडको लगातार चौथो जित, नजर शीर्ष चारमा

२६ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खलमा म्यानचेष्टर युनाइटेडले एस्टल भिल्लालाई ३-० ले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावनालाई कायमै राखेको छ ।

पछिल्लो समय लयमा रहेको युनाइटेडको यो लगातार चौथो जित हो । लगातार चार खेल ३ गोल अन्तरले जित्ने युनाइटेड प्रिमियर लिगमा पहिलो टिमसमेत बनेको छ । पछिल्लो चार खेलमा १४ गोल गरेको युनाइटेडले २ गोल मात्र व्यहोरेको छ ।

भिल्लाको मैदानमा भएको खेलमा युनाइटेडले ३ गोल गर्दै ३ अंक जोडेको हो । २७औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा मासोन ग्रिनउडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । पउल पोग्वाले ५८औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे ।

जितपछि ३४ खेलबाट ५८ अंक जोडेको युनाइटेडले तेस्रो स्थानको चेल्सी र चौथो स्थानको लेस्टर सिटीसँग अंक दूरी घटाएको छ । समान खेलबाट चेल्सीको ६० र लेस्टरको ५९ अंक छ । युनाइटेडले शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । युनाइटेड पछि रहेको वल्भ्स ५२ अंकसहित छैटौं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनहमले बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । बराबरी पछि ३४ खेलबाट ४८ अंक जोडेको टोटनहम नवौं स्थानमा छ । यस्तै एभरटन र साउथह्याम्पटनले १-१ को बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment