Comments Add Comment

पाकिस्तानी एयरलाइन्सलाई अमेरिकामा प्रतिबन्ध

२६ असार, काठमाडौं । अमेरिकाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको चार्टर्ड विमानलाई अमेरिका आउन रोक लगाएको छ । पाकिस्तानी पाइलटको प्रमाणपत्रको विषयलाई लिएर फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले चिन्ता व्यक्त गरेसँगै अमेरिकी परिवहन मन्त्रालयले यस्तो आदेश दिएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानमा गत महिनामा गरिएको एक जाँचमा एक तिहाई पाकिस्तानी पाइलटले आफ्नो योग्यता सम्बन्धी गलत जानकारी र कागजात बुझाएका थिए ।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सीले पनि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको सञ्चालनमा ६ महिनाको लागि रोक लगाउने निर्णय गरेको छ । यद्यपि यस विषयमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
पाकिस्तानी च्यानल जियो न्युजका अनुसार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले अमेरिकाको प्रतिबन्धको पुष्टि गर्दै एयरलाइन्सभित्र भइरहेको समस्या समाधानको प्रयास गर्ने बताएको छ ।

पाकिस्तानी पाइलटमाथि किन प्रतिबन्ध ?

यसअघि गत जुनमा भियतनामको प्राधिकरणले स्थानीय एयरलाइन्समा काम गरिरहेका सबै पाकिस्तानी पइलटलाई हटाइएको बताएको थियो । युरोपेली संघको उड्डयन प्राधिकरणले पनि ३२ सदस्य मुलुकलाई फर्जी लाइसेन्स मामिलाम यस्ता पाइलटको सेवा नलिन सुझाव दिएको छ । विश्वव्यापी नियामकहरुले केही पाइलट शंकास्पद लाइसेन्सको प्रयोग गरिरहेका छन् भन्ने आवाज उठिरहेको अवस्थामा यस्तो कदम उठाइएको हो ।

हालै मात्र विश्वभरको एयरलाइन्सहरुको संस्था आईटीएले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका पाइलटको लाइसेन्समा अनियमितता पाइएको बताएको थियो । यो सुरक्षाको हिसाबले गम्भीर गल्ती रहेको आईटीएको निष्कर्ष थियो । यससँगै पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले गत साता २६२ एयरलाइनस पाइलटहरुलाई हटाइने बताएको थियो ।

गत मे महिनामा कराँचीमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा पाइलट र एयर कन्ट्रोल दुवैको कमजोरी पाइएको थियो । त्यससँगै मुलुकमा पाइलटको जाँच सुरु गरिएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment