+
+
Shares

डोटीमा पहिरोले पुरियो जिप

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १४:०२

२६ असार, डोटी । डोटीको के.आई.सिं गाउँपालिका-५, बुहार गाउँ नजिक सडकमा आएको पहिरोले एउटा जिप च्यापिएको छ ।

बिहीबार राति गाउँपालिका केन्द्र वायलबाट दिपायल आउने क्रममा से१च २१२५ नं. को बोलेरो जिप पुरिएको हो ।

यात्रुहरु पुर्‍याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले जिप पुरिएको हो ।

घटनामा चालक योगेन्द्र साउँद घाइते भएका छन् । उनको डोटी राजपुरस्थित सु-जङ्ग अस्पतालमा उपचार भइरहेको गाडीधनी योगेन्द्र भण्डारीले जानकारी दिए । जीपमा चालक एक्लै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?