+
+
Shares

खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २७ गते ११:२७

२७ असार, कैलाली । खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ ।

कुटपिटबाट जिल्लाको आलिताल गाउँपालिका ६ झरकाडाका ८ वर्षीय बालक हिमांशु महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने, ‘खानेपानीको विषयमा विवाद भएको र कुटपिटमा बालकको ज्यान गएको प्रारम्भिक खुलेको छ । तर अहिलेसम्म जाहेरी आएको छैन ।’

कुटपिटमा घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको उनले बताए ।

घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले पनि बालकको मृत्यु कुटपिटबाट भएको हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?