Comments Add Comment

चौथो दिनको समाप्तीमा इंग्ल्याण्डलाई १७० रनको अग्रता

२८ असार, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा घरेलु टोली इंग्ल्याण्डले चौथो दिनपछि १७० रनको अग्रता लिएको छ ।

दोस्रो इनिङ्समा बिना क्षति १५ रनको अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको इंग्ल्याण्डले दिन समाप्तीमा ८ विकेट गुमाएर २८४ रन बनाएपछि १७० रनको अग्रता बनाएको हो ।

इंग्ल्याण्ड पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि दोस्रो इनिङ्समा ज्याक क्रावलेले सर्वाधिक ७६ रन बनाए । यस्त ओपनर डम सिब्लेले ५० रन जोडे । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोडे ।

वेष्ट इन्डिजका शानन गाब्रीएलले ३ विकेट लिए भने रोस्टन चेस र अल्जारी जोसेफले २-२ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment