Comments Add Comment

मकवानपुरबाट ५ केजी अफिम बरामद

२८ असार, हेटौंडा । प्रहरीले मकवानपुरको नेवारपानीबाट अवैध लागूऔषध अफिम बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–मनहरी सडक खण्डको नेवारपानीबाट ५ किलोग्राम अफिम बरामद गरेको प्रहरीले जनाएको छ ।

नेवारपानीमा प्रहरीको चेकिङ देखेपछि ना ४३ प ५७८४ नम्बरको मोटरसाइकमार्फत हेटौंडातर्फ आउँदै गरेका दुईजना व्यक्ति मोटरसाइकल छाडेर भागेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठोरले बताए । ड्युटिमा रहेको प्रहरीको टोलीले मोटरसाइकलबाट उक्त अफिम बरामद गरेको र उनीहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

बरामद गरिएको अफिमको नेपाली बजार मूल्य करिब ५ लाख रुपौयाँ रहेको प्रहरीको भनाइ छ ।
पछिल्लो केही महिनामा पश्चिम मकवानपुरबाट लागूऔषध कारोबारमा संलग्न रहेका ५७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment