+
+
Shares

‘स्वचालित प्रणाली कुल्चेर तेलको मूल्य बढाएका छैनौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १९:०१

२८ असार, काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कुल्चिएर उपभोक्तालाई अतिरिक्त भार नथपेको दावी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर निगमले उपभोक्ताको हितका लागि कार्यविधि मिचेरै भए पनि पेट्रोलियमको भाउ कमै राख्ने निर्णय गरिएको जनाएको छ ।

चालु आर्थिक वर्षमा १० पटक मूल्य समायोजन गरिएकामा पाँच पटक मूल्य बढाइएको तथा पाँच पटक मूल्य घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘उपभोक्तामूखी भएर निगमले निर्णय नगरेको भए अहिले ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटिर १०५ रुपैयाँ ५० पैसा तथा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा पुग्ने थियो,’ कार्यकारी निर्देशक पौडेलले थपे, ‘सरकारको निर्णयले बढाइएको पुर्वाधार विकास कर र सडक मर्मत सम्भार दस्तुरसमेत जोडेर निगमले स्वचालित मूल्य प्रणालीबाट मात्रै मूल्य निर्धारण गरेको भए भाउ अझै उकालो लाग्थ्यो ।’

गत शुक्रबार गरिएको इन्धनको मूल्यवृद्धिपछि बजारमा पेट्रोल १०२, डिजेल तथा मटितेल ८८ प्रतिलिटर र खाना पकाउने ग्यास १३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डरमा बिक्री भईरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?