+

च्याम्पियन्स लिग नजिक सेभिया

२०७७ असार  २९ गते १०:०२ २०७७ असार २९ गते १०:०२
च्याम्पियन्स लिग नजिक सेभिया

२९ असार काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा मालोर्कालाई पराजित गर्दै सेभिया अर्को सिजनको च्याम्पियन्स लिग नजिक पुगेको छ ।

सेभियाले घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २-० ले पराजित गरेको हो । लिगमा अब २ चरणका खेल बाँकी रहँदा सेभियाले थप १ अंक जोडेमा पनि शीर्ष चारमा स्थान पक्का गर्नेछ ।

घरेलु मैदानमा भएको खेलमा सेभियाले खेलको दुवै हाफमा एक-एक गोल गरेको थियो । ४१औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए । मालोर्काका अलेजान्द्रो पोजोले पेनाल्टी एियामा ह्याण्ड गेपछि भिएआर मार्फत सेभियाले पेनाल्टी पाएको थियो । ८४औं मिनेटमा युसेफ एन नेस्यीले गोल गरेपछि सेभियाको जित पक्का भएको थियो ।

जितपछि ३६ खेलबाट ६६ अंक जोडेको सेभिया चौथो स्थानमै छ । समान खेलबाट ६६ अंक नै रहेको एट्लेटिको मड्रिड हेड टु हेडका आधरमा तेस्रो स्थानमा छ ।

पाँचौ स्थानको भियारियालको ३५ खेलबाट ५७ अंक छ । भियारियालले अब अंक गुमाएमा भने सेभिया शीर्ष चारमा रहने पक्का हुनेछ । यदी सेभियाले अब दुई खेल हार्ने र भियारियाले बाँकी सबै खेल जितेका भने दुवै टिमको समान अंक हुनेछ । यस्तोमा हेड टु हेडमा भियारियाल अघि रहनेछ ।

स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय