+
+
Shares

काठमाडौंमा यसरी मनाइयो भानु जयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते ११:५३

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर संक्षिप्त कार्यक्रम गरिएको छ ।

रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ ।

नेपाली भाषामा लेखिएको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो गुन लगाएका भानुभक्तको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी भानु जयन्ती मनाएको छ ।

कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमेत सहभागी थिए । उनले पृथ्वी नारायण शाहले भौगोलिक र भानुभक्तले नेपाली भाषा तथा साहित्यलाई एकीकरण गरेको बताए ।

कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझ्न नचाहेको बताउँदै उनले अहिले भने भानुभक्त सर्वस्वीकार्य भएको बताए । मन्त्री भट्टराईले भने, ‘कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझेनन् वा बुझ्न चाहेनन् । कहिलेकाहीँ अतिवादले चेतनालाई बन्धक बनाइदिन्छ । तर अहिले नेपाली समाजलाई भानुभक्तबारे अतिवाद छैन । उहाँ सर्वस्वीकार्य हुनु भएको छ ।’

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?