Comments Add Comment

कर्णालीमा थपिए ४७ जना कोरोना संक्रमित, ४१ जना सुर्खेतका

२९ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक/एकजना रहेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्रै ४ महिलासहित २० जना, सिम्ता गाउँपालिकाका ६ महिलासहित २१ जना रहेका छन् ।

यस्तै, रुकुम पश्चिमको रानीभेरी गाउँपालिका-३ का दुईजना पुरुष, दैलेख आठबीस नगरपालिकाकी ११ वर्षीय बालिका र नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका-७ र  बाँकेको सीतापुर-४ का एक/एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६६३ जना पुगेको छ ।

साथै, सोमबार नै कर्णालीका विभिन्न आइसोलेसनबाट ४७ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १४५५ जना पुगेको छ । अब आइसोलेसनमा २०२ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment