+
+
Shares

‘बाढी पीडितको सेवा गरेर वीपी स्मृति दिवस मनाउन तरुण दलको परिपत्र’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १७:१३

२९ असार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले वीपी कोइरालाको ३८औं स्मृति दिवस बाढी पहिरोबाट पीडित भएका र क्वारेन्टिनमा बसेकाहरुको सेवा गरेर मनाउने भएको छ ।

वीपीको ३८औं स्मृति दिवस आउने साउन ६ गते हो । तरुण दल केन्द्रीय समितिले साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको छ । साथै जिल्ला समितिहरुलाई पनि त्यसैगरी मनाउन र त्यसको जानकारी केन्द्रमा गराउन परिपत्र गरिएको तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।

वीपी स्मृति दिवसमा वृक्षारोपण, रक्तदान, फलफूल वितरण, अन्तरक्रियालगायतका कार्यक्रम गर्ने, कोरोना प्रभावित जिल्लाका क्वारेन्टाइनहरुमा सरसफाइ गर्ने, बाढी पहिरो पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहन तरुण दलले सबै जिल्ला समितिहरुमा परिपत्र गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?