Comments Add Comment

पुनरागमन जितसहित इन्टर दोस्रो स्थानमा उक्लियो

३० असार, काठमाडौं । टोरिनोविरुद्ध पुनरागमन जितसहित इन्टर इटालियन सिरी ए को अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । गएराति भएको सिरी एको एकमात्र खेलमा इन्टरले टोरिनोलाई ३-१ ले पराजित गरेको हो । जितपछि लाजियोसँग समान अंक जोडेको इन्टर गोलअन्तरमा अघि रहेको हो ।

इन्टरको मदानमा टोरिनोले आन्द्रे बेलोट्टीको गोलबाट १७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा टोरिनोले उक्त अग्रता कायम राखेपनि दोस्रो हाफमा इन्टरले पुनरागमन गर्दै ३ गोल गर्‍यो।

४९औँ मिनेटमा एस्ले योङले इन्टरका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै डिएगो गोडिनले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए । ६१औं मिनेटमा लाउटारो मार्टिनेजले इन्टरका लागि तेस्रो गोल गरे ।

जितपछि इन्टरले ३२ खेलबाट लाजियो समान ६८ अंक जोडेको छ । गोलअन्तरमा इन्टरले लाजियोलाई पछि पारेको हो । ६७ अंक रहेको एटलान्टा चौथो स्थानमा छ । समान खेलबाट ७६ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment