Comments Add Comment

रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको कति सत्य हो ?

कोभिड-१९ बाट विश्वमा अहिलेसम्म एक करोड २८ लाख बढी संक्रमित छन् । पाँच लाख ५५ हजार बढीले यही भाइरसको कारण ज्यान गुमाइसकेका छन् । भाइरस फैलिएको सात महिनाभन्दा बढी समय भइसकेको छ । यसबीचमा कोरानो नियन्त्रणका लागि ठोस उपचार विधी उपलब्ध छैन । वैज्ञानिकले कोरोना भाइरस विरुद्धको खोप एवं औषधि तयार हुन अझै समय लाग्ने बताइरहेको छ । यसैबीच रुसले भने पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप तयार भएको दावी गरेको छ ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले भनेका छन्, ‘विश्वकै पहिलो कोरोना भाइरसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको छ ।’

उनका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो । यस अनुसार कोरोना भाइरस विरुद्धको यो खोप मान्छेका लागि अब सुरक्षित छ । जुन व्यक्तिमाथि खोपको परीक्षण गरिएको थियो, त्यसमध्ये एक समुह जुलाई १५ र अर्को समूह जुलाई २० मा अस्पतालबाट बिदा भएका छन् ।

युनिभर्सिटीले १८ जुनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायलोजीद्वारा निर्मित यस खोपको क्लिनिकल ट्रयल सुरु गरिएको थियो ।

सेचेनोफ युनिभर्सिटीका एक अर्का वरिष्ठ अधिकारी एलेक्जन्डर लुकाशेव भन्छन्, ‘खोप परीक्षणको उदेश्य यो कुरा सुनिश्चित गर्नु थियो कि खोप व्यक्तिका लागि सुरक्षित छ वा छैन । परीक्षण सफलतापूर्वक सम्पन्न भयो । यो खोप सुरक्षित रहेको हामीले पायौं ।’

अब खोप व्यापक रुपमा उत्पादन गर्नका लागि के कस्ता तयारी गर्नुपर्छ भनेर आवश्यक रणनीति तय गरिदैछ ।

विश्वसमा अहिलेसम्म ७० लाख भन्दा बढी कोरोना भाइरसबाट संक्रमित पूर्ण रुपमा निको भइसकेका छन् । यही पृष्टभूमीमा वैज्ञानिक र स्वास्थ्य सेवासँग जोडिएका अन्य संस्था कोभिड १९ को खोप उत्पादन र विकासका लागि हरसंभव प्रयास गरिरहेका छन् ।

स्रोत : बिबिसी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment