Comments Add Comment

‘महामारीका कारण औलोबाट मृत्यु हुनेको संख्या ३६ प्रतिशत बढ्छ’

३० असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आगामी पाँच वर्षमा विश्वभर औलो रोगबाट मृत्यु हुनेको संख्या ३६ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार अबको पाँच वर्षमा क्षयरोगबाट २० प्रतिशत र एचआईभी/एड्सबाट १० प्रतिशतले मृत्यु हुनेको संख्या बढ्नेछ ।

इम्पेरियकल कलेज लण्डनको एक अध्ययनमा कमजोर र मध्यम आम्दानी भएका मुलुकमा मुलुकमा यसै पनि कमजोर रहेको स्वास्थ्य प्रणाली महामारीले झन् कमजोर बनाइदिएको कारण यो अवस्था सृजना अनुमान गरिएको हो ।

यो अध्ययनको नेतृत्व गरेका पाध्यापक टिमोथी हालेटले कमजोर र मध्यम आय भएका मुलुकमा कोरोना भाइरसको महामारीको कारण यी तीन रोग नियन्त्रणको लागि अघि बढाइएको कार्यक्रम प्रभावित बनेको र यसको असर यस्ता कार्यक्रममा निर्भर लाखौं मानिसमा पर्न सक्ने बताइएको छ ।

पछिल्लो दुई दशकमा यी रोग नियन्त्रणको लागि अघि सारिएका कार्यक्रमको कारण रोग नियन्त्रणमा महत्वपूर्ण प्रगति भएको थियो । तर, महामारीले त्यसमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment