+
+
Shares

मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपाललाई ३ पदक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १७:४६

३० असार, काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालले मंगलबार थप ३ पदक जितेको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २ रजत र १ कास्य पदक जितेका हुन् ।

प्रतियोगिताको अन्तिम दिन पुम्सेतर्फ १८-३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५-१७ वर्षमा अस्मिता नगरकोटीले कास्य जितिन् ।

यो सहित प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइँकेलले १३-१४ वर्ष र आयुश बोहराले १५-१७ वर्षमा रजत जितेका थिए । १०-१२ वर्षमा भिजन तामाङ र यू-९ मा प्रवीण श्रेष्ठले कास्य पदक हात पारेका थिए । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?