Comments Add Comment

शीर्ष चारमा पकड बनाउँदै चेल्सी

३१ असार, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको एक मात्र खेलमा लण्डन कलब चेल्सी विजयी भएको छ । चेल्सीले घरेलु मैदानमा नर्विच सिटीलाई १-० ले पराजित गरेको हो । जितपछि चेल्सीले तेस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ र शीर्ष चारमा पकड राखेको छ ।

चेल्सीलाई साँघुरो जित दिलाउन ओलिभर जिरुडले एक मात्र गोल गरे । उनले पहिलो हाफको इन्जुरी टाइममा क्रिस्टियन पुलिसिकको पासमा गोल गरेका थिए ।

जितपछि ३६ खेलबाट चेल्सीले ६३ अंक जोडेको छ। एक खेल कम खेलेको लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडको समान ५९ अंक छ । चेल्सीले अब बाँकी दुईमध्ये एक खेल जितेमा शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ ।

लेस्टर र युनाइटेड भने शीर्ष चारमा पर्ने होडमा छन् ।

२१ अंक मात्र रहेको नर्विच यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment