Comments Add Comment

‘हिट’को रिमेकमा राजकुमार

तेलुगु चलचित्र ‘हिट’को बलिउडमा रिमेक बन्ने भएको छ । चलचित्रको रिमेक भर्सनमा नायक राजकुमार रावले अभिनय गर्ने पक्का भएको छ ।

यो एक प्रहरीको कथामा आधारित थ्रिलर चलचित्र हो । एकजना हराएकी महिलाको खोजीमा दौडिएको प्रहरीको कथामा चलचित्र बन्दैछ । जहाँ, प्रहरीको विगत र वर्तमानको कथा समेत भनिएको छ ।

यो चलचित्रलाई डाक्टर शैलेष कोलानुले निर्देशन गर्दैछन् । राजकुमारलाई चलचित्रमा लिएको बिषयमा शैलेषले भारतीय मिडियासँग भनेका छन्–‘यो एक प्रहरी अफिसर्सको कथा हो, जहाँ उ आफ्नो विगत र वर्तमानसँग लडिरहेको छ । यो एक समस्यामा परेको व्यक्तिको कथा हो । म चलचित्रका लागि एक जना यस्तो व्यक्तिको अनुहार खोज्दै थिएँ, जहाँ उसले आफ्नो अध्यारो जीवनलाई प्रस्तुत गर्नेछ साथै दर्शकको नजरमा उ एक परिपक्क मानिस पनि हो । यो भूमिकामा मैले राजकुमारलाई देखेँ ।’

चलचित्रमा काम गर्न पाउँदा राजकुमार पनि उत्साहित छन् । चलचित्र ‘हिट’ हेरिसकेपछि यो चलचित्रको कथालाई लिएर आफू उत्साहित भएको राजकुमारले भारतीय मिडियासँग बताएका छन् ।
राजकुमारले भारतीय मिडियासँग भने–‘एकजना कलाकार भएकाले पर्दामा म सधै नै नयाँ भूमिका खोज्छु । हिट यस्तै एक कथामा बन्न लागेको चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment