
३१ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेका १४ जना, सल्यानका ५, दैलेखका ३ जना, जुम्ला र अछामका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कणर्ाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७१४ पुगेको छ ।
यस्तै, कर्णालीमा बुधबार थप १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १४७५ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २३३ जना आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4