
३१ असार, काठमाडौं । महालेखापरीक्षकको कार्यालयको सन्ताउन्नौं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बुधबार आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।
राष्ट्रपति भण्डारीले महालेखाको प्रतिवेदन सुशासन, पारदर्शिता कायम र फजुल खर्च नियन्त्रणका लागि महत्वपूर्ण भएको धारणा राखेकी थिइन् । समग्र आर्थिक विकासका लागि आर्थिक अनुशासन अपरिहार्य भएको भण्डारीको भनाई थियो ।
कानुन अनुसार पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरिएको आर्थिक कारोबार वेरुजुमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4