News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखापरीक्षकको कार्यालयको सुझाव अक्षरशः पालना गरेमा बेरुजु र अनियमितता घट्ने बताउनुभयो ।
- नायब महालेखापरीक्षक श्रीकुमार राईले कोशी प्रदेश प्रमुख खापुङसमक्ष आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन बुझाउनुभयो ।
- कोशी प्रदेशमा यस आर्थिक वर्षमा १ दशमलव ०६ प्रतिशत बेरुजु रहेको र यो बागमती र गण्डकीपछि कम बेरुजु भएको प्रदेश हो ।
१९ जेठ, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको सुझाव अनुसार सम्बन्धित निकायले कार्य गरे बेरुजु घटाउन र मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन् ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखापरीक्षक कार्यालय कोशी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को आठौं प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले बेरुजु र अनियमित खर्चले प्रदेशलाई मात्र नभई मुलुककै अर्थतन्त्रलाई प्रभाव पारिरहेकोले महालेखा परीक्षकको कार्यालयको सुझाव अक्षरश: पालना हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा ३ वमोजिम प्रदेश प्रमुख खापुङलाई नायब महालेखा परिक्षक श्रीकुमार राईले वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन हस्तान्तरण गर्दै नायब महालेखा परिक्षक राईले कोशी प्रदेश बाग्मती र गण्डकी प्रदेश पछि कम बेरुजु भएको प्रदेश भएको जानकारी दिए ।
कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ मा कोशी प्रदेशमा १ दशमलब शुन्य ६ प्रतिशत बेरुजु पाइएको जानकारी दिइएको थियो ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, कर्मचारी र महालेखा परिक्षकको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेका थियो ।
प्रतिक्रिया 4