Comments Add Comment

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

३१ असार, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।

भंगहा नगरपालिका-६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुनको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

खाल्डोमा वर्षाको पानी जमेको थियो । यी दुबै बालिका त्यहीं पानीमा नुहाउने क्रममा डुबेको उनले बताए । ‘नुहाउने क्रममै दुबै बालिका डुबेको र त्यहीं उनको मृत्यु भएको छ,’ उनले भने, ‘अन्य अनुसन्धान भइरहेको छ ।’

मृतक दुबै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment