+
+

प्रदेश २ सरकारले दियो नेपाल प्रहरीलाई उद्धार सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १९:३४

३१ असार, जनकपुरधाम । बाढी पहिरोमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश २ सरकारले नेपाल प्रहरीलाई उद्धार सामग्रीहरु प्रदान गरेको छ ।

बुधबार मधेश भवनको कभर्ड हलमा आयोजित कार्यक्रमकाबीच सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहलाई ती सामग्री हस्तान्तरण गरे । सामग्री पाएपछि प्रहरी प्रमुख सिंहले उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा डुँगा ४ थान, मास्टर प्याडल ४ थान, हेलमेट ३२ थान, आउटफिल्टर प्याडल ३२ थान, लाइफ ज्याकेट ३२ थान, ब्यारेल ह्याण्ड पम्प ४ थान, लाइफ लाइन रोप ६० एमएमको ४ थान, बोलाइन रोप ओभरल सय मिटरको ४ थान र राफ्ट केरी व्याग ४ थान प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?