+

शिल्भा र जेससको गोलमा सिटीको जित

२०७७ साउन  १ गते ९:०१ २०७७ साउन १ गते ९:०१
शिल्भा र जेससको गोलमा सिटीको जित

१ साउन, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले एएफसी बर्नमाउथलाई २-१ ले पराजित गरेको छ । सिटीको लागि डेभिड शिल्भा र गाब्रीएल जेससले गोल गरे ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको छैटौं मिनेटमा शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा जेससले गोल गर्दै अग्रता दोब्बर पारे । बर्नमाउथका लागि ८८औं मिनेटमा डेभिड ब्रुक्सले सान्त्वना गोल फर्काए ।

जितपछि ३६ खेलबाट ७५ अंक जोडेको छ । सिटीले शीर्ष स्थानको लिभरपुलसंग अंकदूरी १८ मा झारेको छ । ३६ खेलबाट ३१ अंक रहेको बरनमाउथ रेलिगेसन जोनमै छ र पुछारबाट तेस्रो स्थानमा छ ।

प्रिमियर लिग म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय