+
+

ओली, प्रचण्ड र माधव नेपालको बैठक बालुवाटारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १२:२१

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए ।

छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ । सहमतिका लागि भनेर पटक पटक स्थगित बैठक शुक्रवारका लागि तय भएको छ ।

त्यो बैठकअघि नै मुख्य नेताहरुबीच समझदारी कायम गर्न बालुवाटारमा निर्णायक छलफल भएको हो ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीको राजीनामा मागेको छ । ओलीले भने दुबै पद पछाड्ने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?